Ultimate magazine theme for WordPress.

१२ बर्ष अगाडी कोठा लिएर बस्ने नेहा अहिले आफ्नै महलमा बस्छिन्, हेरौ १० तस्बिर …।

532

सुपरहिट गीतका कारण विश्वमै आफ्नो अलग्गै पहिचान बनाएकी गायिका नेहा कक्कर चर्चामा आईरहने गयिका हुन् । नेहा गायनका साथसाथै लुक्स र लाइफ स्टाइलमा पनि अग्रपंक्तिमा रहेकी छिन् । तर उनको अहिलेको यो लाईफ स्टाईल बाल्यकालको लाईफस्टाईल भन्दा आकाश पातल फरक छ ।

साधरण जीवन बिताईरहेकी नेहाको जिवन भारतीय टेलिभिजन रियालिटी शो ‘ईन्डियन आइडल’को यात्रापछि बिस्तारै बदलिदै गयो । उनै बाल्यकालमा जागरण गर्ने नेहालाई ईन्डियन आईडलमा आउने अवसर मिल्यो । उनको यो कुराका विषयमा जोकोही पनि जानकार छन् ।

‘इण्डियन आइडल सीजन २’मा प्रतिष्पर्धीका रुपमा देखिइन् । भलै उनले यो उपाधि नजिते पनि आफ्नो शानदार गायकीका कारण चर्चामा आउन सफल भईन । त्यतिबेला उनी मात्र १८ बर्षकी थिईन ।आईडलबाट बाहिरिए पनि नेहाले साङ्गीतिक यात्रालाई भने निरन्तरता दिईन ।

उनले आफ्नो करियरमा पहिलो पटक सन् २००८ मा ‘नेहा द रकस्टार’ नामक एल्बम ल्याइन् । तर यो एल्बमले उनलाई पहिचान दिलाउन सकेन ।तर नेहाले बलिउडमा गायन यात्रा शुरु गरिन् । सन् २०१४ मा उनले गाएको गीत ‘मनाली ट्रान्स’ जबरदस्त हिट भयो ।

यो गीत पछि उनले एकपछि अर्को हिट गीत दिइन् । नेहाले सेकेन्ड ह्याण्ड जवानी, सन्नी सन्नी, मिले हो तुम, काला चस्मा, चिज बढी, दिलबर, आख मारे, ओ सकी सकी, गर्मी लगायत धेरै गीतहरुमा आवाज दिसकेकी छिन् । जुन निकै दमदार हिट बने ।

भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा कुनै समय प्रातिस्पर्धीको रुपमा पुगेकी नेहा अहिल त्यही शोको निर्णायक रहेकी छिन् । नेहाले ईन्डियन आईडलको १० औ सिजनबाट निर्णायकको भुमिका निभाउदै आएकी हुन् ।अन्तत साधरण जिवनबाट धेरै संघर्षपछि नेहाले सुबिधासम्पन्न बङ्गला किन्न सफल भैइन ।

उनले आफ्नो पुराना दिनलाई सम्झदै नेहाले नयाँ र पुरानो घरको दुई तस्विर शेयर पनि गरिन । त्यस तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको संघर्षको कहानी बताएकी छिन् । बलिउडमा आउनुभन्दा पहिला नेहा एक कोठामा भाडामा बस्थिन् ।यधपी अहिले उनी शानदार घरमा बस्छिन् ।

आफ्नो पुरानो दिनलाई सम्झिदै नेहाले इंस्टाग्राममा दुई तस्विर शेयर गर्दै मनकाे दुख पाेखेकी थिईन । एक तस्वीर नेहाको पुरानो घरको हो, जहाँ उनी जन्मेकी थिइन् । नेहा कक्कडले लेखेकी छिन्, यो त्यो बंगला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषिकेश जहाँ म जन्मिएकी थिए ।

प्रेमप्रसंग- नेहाको प्रेमको चर्चा पनि निकै हुने गर्थ्यो । फिल्म अभिनेता हिमांश कोहलीसँग लामो डेट चलेको हल्ला चलिरहन्थ्यो । तर चार वर्षपछि सन् २०१८ मा नेहा र ‘यारियाँ’ फेम अभिनेता हिमांशको ब्रेकअप भयो । यो ब्रेकअपका कारण उनी निकै अफसेट थिइन् र डिप्रेशनको शिकार नै भइन् ।

दुवैले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेपछि उनीहरुको ब्रेकअप भएको सत्य साबित भयो । नेहा ‘सा रे गा मा पा’को सेटमा रोएको पनि यही कारणले हो भन्दा कन्जुस्याई नहोला ।यस्तै रोहनप्रीतसंग बिहे हुनुभन्दा अघि नेहाको गायक आदित्य नारायण झासँग पनि विवाहको चर्चा चलेको थियो ।

इण्डियन आइडलको समयमा उनीहरुको विवाहको कुराले निकै चर्चा पाएको थियो । यतिमात्र कहाँ होर आदित्यका पिता उदित नारायणले त नेहालाई ‘बुहारी’सम्म भने । तर पछि शोको टीआरपी बढाउन नाटक गरिएको खुल्न आयो ।तर बास्तबिकतामा नेहाले १ बर्ष अघिमात्र आफूभन्दा ७ बर्ष कान्छो रोहनप्रीतसंग बिबाह भयो ।

पहिलो प्रेममा नै प्रेम बसेको बताउने नेहाले आफू रोहनप्रितको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारले आकर्षित भएको बताएकी थिईन । नेहाले रोहनप्रितबाट धेरै कुरा सिक्नुपर्ने बताएकी छिन् । उनी रोहनप्रित भन्दा सात वर्ष जेठी छिन् तर यी दुईको बीचमा उमेरले केही फरक पारेन ।