मंगलबार १८ आश्विन २०७९

काठमाडौं । सडक कब्च्जा गर्न पाउनु पर्छ भन्दै केहि हुल मानिस बालेनलाई घेर्न पुगेका छन । सर्बसादारण हिड्ने सडक नै कब्जा गरेर ब्यापार गर्दै आएका केहि हुल ब्यापारीले काठमाडौं महानगरपालिका कार्यालय अगाडि नाराबाजी गरेका छन्।

काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउँदै फुटपाथ व्यवसायीले नाराबाजी गरेका हुन्।‘सर्वसाधारणको गाँस खोस्न पाइँदैन, रोजीरोटी खोस्न पाइँदैन’ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

महानगरले श्रमीकहरूको सम्मान गर्नुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका हुन्। त्यस्तै, श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सरकारकासँगको सम्झौता कार्यानवयन हुनपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन्।

यसअघि नगर प्रहरीले खोसेका सामान समेत फिर्ता गर्नुपर्ने माग गरेका फुटपाथ व्यवसायीले गरेका छन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापन पत्र बुझाउन गएका उनीहरुले ३ बुँदे माग राख्दै एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन्।

काठमाडौं महानगरपालिकाले केही दिनअघि बानेश्वर लगायतका क्षेत्रका फुटपाथमा व्यापार बन्द गराएको छ।


Last Updated on: August 23rd, 2022 at 3:08 pm

तपाईको प्रतिक्रिया