Ultimate magazine theme for WordPress.

भारतमा फेरि बढ्न थाले काे’राेना संक्रमित

199

काठमाडाैं । भारतमा को’रोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हा’राहारीमा पुगेकोमा अहिले फेरि बढेर २६ हजारभन्दा बढी भएको हो । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा को’रोनाभाइरसका कारण २७७ जनाको मृ’त्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले नयाँ सङ्क्रमितमध्ये १५ हजार ९१४ जना केरलाका मात्रै रहेको जानकारी दिएको छ ।

त्यसैगरी केरलामा मात्रै मृ’त्यु भएकाहरुको सङ्ख्या १२२ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७५ हजार २२४ रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या १९६ दिनपछिकै सबैभन्दा कम हो ।पछिल्लो एक दिनमा २८ हजार २४६ जना सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा स’ङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमित भएकाको सङ्ख्या थोरै भएकाले सङ्क्रीय सङ्क्रमितको सङ्ख्या कम हँुदै आएको हो । भारतमा अहिलेसम्म कुल तीन करोड ३० लाख ४३ हजार १४४ जना को’रोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमु’क्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा १५ लाख २० हजार ८९९ जनाको को’रोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५७ करोड चार लाख ७७ हजार ३३८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।