Ultimate magazine theme for WordPress.

१४ वर्षिया बालिकाको २४ वर्षे युवकसंग प्रेम ! परिवारले यस्तो मु’द्दा चलाएपछी नसोचेको भयो

359

काठमाडौं – बालिकालाई फकाईफुलाई भारततर्फ बिक्री गर्न लगेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारी पक्राउ परेका हुन् ।

प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छु’ट्टाई असोज ६ गते नेपाल भारत बोर्डर रानीजोगबनी पुर्‍याएको आरोप उनीमाथि लागेको छ ।यद्यपी, भण्डारीले आफूहरु प्रेममा रहेको र यहाँ बालिकाको उमेर सानो भएकाले बिहे गर्दा का’नुनी फ’न्दामा परिने भएकाले भारत गएर बस्ने सोचले गएको बयान दिएका छन् ।

जोगबनी स्थित मानव सहायता संस्थाले सानी बालिकालाई युवकले लगेको देखेपछि पक्राउ गरी अभिभावकको जिम्मा लगाएका थिए । दुवै जना पुनः पर्वत फर्केपछि क्रु’द्ध अवस्थामा रहेका परिवारले मानव बेचबिखन मु’द्धा चलाएको हो ।बालिकाका परिवारको उजुरीको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालयवाट ख’टिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोलीले भण्डारीलाई पक्राउ गरेको छ ।

उनलाई कुश्माबजारको शिवालय चोकवाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।भण्डारीलाई मा’नब बे’चबिखन तथा ओसारपोसार मु’द्धा शिर्षकमा पर्वत जिल्ला अदालतमा मु’द्धा दर्ता गरी पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

यद्यपी, यस्ता घटनामा युवकलाई मा’नव बे’चबिखन, अ,’प’ह’र’ण, ज,’ब’र्ज’स्ती क’रणी जस्ता मु’द्धामा युवतीका परिवारले मु’द्धा चलाई रि’स फेर्ने गरेको उदाहरण देखिन्छ । आफूहरुको सहमति विना छोरीचेली भगाएपछि युवक पक्षलाई यसरी नै कानुनी दायरामा ल्याउने गरेको पाइन्छ ।