
एजेन्सी – च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई झड्का लागेको छ। च्याम्पियन्स लिगको समूह चरणको चौंथो खेलमा पिएसजीलाई नराम्रो झड्का लागेको हो।
पिएसजी मंगलबार राति इटालियन क्लब एसी मिलानसंग पराजित हुन पुग्यो। पिएसजी मिलानसंग २-१ को गोल अन्तरले पराजित भयो। पिएसजीले बलमा बढी नियन्त्रण राखेपनि आक्रमणमा भने राम्रो गर्न सकेन।
पिएसजीले खेलभर बलमा कुल ७० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पिएसजीले १७ प्रहार गरेको थियो। जसमद्ये ६ प्रहार टार्गेटमा थिए। तर एक प्रहारलाई मात्र गोलमा परिणत गर्न पिएसजी सफल भयो।
मिलानले खेलभर १६ प्रहार गर्दा ८ प्रहार टार्गेटमा राखेको थियो। जसमद्ये दुई प्रहार गोलमा पनि परिणत भए। मिलानका लागि राफेल लियो र ओलिभर जुरुडले गोल गरे।
पिएसजीका लागि एक मात्र गोल मिलन स्क्रिनियरले गरेका थिए। यस हार पश्चात पिएसजी च्याम्पियन्स लिगको समूह चरणको दोस्रो स्थानमा झरेको छ भने मिलान पहिलो स्थानमा उक्लिएको छ।