
न्युयोर्क । केहि दिन अगाडी न्युयोर्कमा भएको सांगितिक कार्यक्रममा भाग नलिई न्युयोर्कबाट फरार भनिएका गायक हर्कुलस बस्नेत नेपाल फिर्ता भएका छन् ।
संयुक्त राज्य अमेरिका पहिलो पटक सांगितिक भ्रमणका लागी आएका गायक हर्कुलस बस्नेत नोभेम्बर ६,२०२३ का दिन नेपाल फर्किएका छन् । न्युयोर्क कार्यक्रमका आयोजक मध्यका एक आयोजकले गायक बस्नेतको उक्त दिनको कार्यक्रममा अनुपस्थितीलाई उद्धुत गर्दै भनेका थिए उनि न्युयोर्क आएको भोलि पल्ट देखि साथि भेट्न जान्छु भनि गायब भएको हो ।
तर गायक बस्नेत हिजो नोभेम्बर ६,२०२३ का दिन त्रिभुबन बिमानस्थलमा अवतरण भए लगत्तै आफ्नो परिवार संग सामुहिक तस्बिर खिचाई आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै भनेका छन् “I am Happy to be home with my family.I left the show.went to sisters house.and came back.l did not get a chance to be my best in the US due to circumstances beyond my control.” – “म मेरो परिवारसँग घरमा आउन पाउँदा खुसी छु।मैले कार्यक्रम छोडे।बहिनीको घर गएँ।र फर्किए।मेरो नियन्त्रणभन्दा बाहिरको परिस्थितिले अमेरिकामा मेरो उत्कृष्ट बन्ने मौका पाएन।”