Ultimate magazine theme for WordPress.

सेलिब्रेटीसंग चंगा उडाउन पूर्वनवयुवराज हृदयन्द्र पनि पुगे

96

गायक नवीन के भट्टराई जस्तोसुकै अवस्थामा पनि संगीतमा निरन्तरता दिने नाम हो । उनले केही समय अघि मात्र एक गीत सार्वजनिक गरेका थिए । नवीनले आफ्नै युट्युब च्यानलमा सम्झिरहन्छुु बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका थिए।

वजारमा उनको गीतले तताइरहेको बेला नविन फेरी नयाँ काममा जुटेका छन् । नयाँ पुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्ने अभियानमा लागेका उनले दसैंको अवसरमा चंगा प्रतियोगिताको आयोजना गरेका छन् ।दशैं पर्वलाई सेलिव्रेसन गर्न काइट्स नेपालले आयोजना गरेको कार्यक्रममा मुख्य भूमिका उनकै थियो ।

ललितपुर झम्सीखेलमा सोमवार उनले चंगा चैटको आयोजना गरेका हुन् । जसमा पूर्वराजकुमार हृदयन्द्र पनि देखिएका छन् । नविनले सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक गरेका तस्बिरमा हृदयन्द्र पनि देखिएका हुन् । पपगायक नवीन के भट्टराई, ब्लगर सिसन बानियाँलगायतले चंगा उडाएका हुन् ।

९ समूहबाट २७ जना प्रतिस्पर्धीले चंगा उडाएका थिए । आयोजक काइटस् नेपालका विकल चौलागाईले नेपालमा हराउँदै गएको चङ्गा उडाउने संस्कृति जोगाउन र नयाँ पुस्तालाई यसबारे जानकारी गराउन चंगाचेट कार्यक्रम गरिएको जानकारी दिए ।प्रतिस्पर्धामा आयोजक काइट्स नेपालको समूहले प्रथम स्थान हासिल गर्दै २५ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ ।