Ultimate magazine theme for WordPress.

काठमाडौंको तारकेश्वरबाट ३३ बर्षिय युवक पक्राउ ! खानतलासी गर्न कोठा पुग्दा नसोचेको भयो

196

काठमाडौं । जडिबुटीको अवैध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३३ वर्षीय रविन्द्रकुमार राईलाई महानगरीय अ’पराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

तारकेश्वरको इन्द्रायणी पुलस्थित नर्थ पोल एकेडेमीको कम्पाउण्डभित्र क्यान्टिन सञ्चालन गरी बस्ने राईको बुधबार कोठा खा’नतलासी गर्दा अ’वैध रुपमा बिक्री गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा साढे ८३ केजी स’तुवा जडिबुटी फेला परेपछि उनलाई पक्राउ गरेको महाशाखाका सूचना अधिकृत एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

उक्त जडिबुटीको बजार मूल्य अनुमानित ५ लाख रुपैयाँ रहेको छ । पक्राउ परेका राईलाई आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय, काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।यस्तै, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी नयाँबस्ती बस्ने ४८ वर्षीय बसन्त संजेललाई

१ हजार ४ सय ४० चक्की नियन्त्रित ला,’गूऔषध ना,’इट्राभेट र नगद ८६ हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बसन्तले आफ्नै घरमा ला,’गूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त ला,’गूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वी चोकबाट करिब ४ केजी १ सय १० ग्राम अवैध लागूऔ,’षध गाँ,’जा सहित तनहुँ बन्दीपुर गाउँपालिका-२ बस्ने २० वर्षीय बिजय गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँ,’जा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।