बुधबार २० मंसिर २०८०

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्मलाई लिएर महत्वपूर्ण कुराको बाहिर आएको छ । आगामी दशैंको फूलपातीमा रिलिज हुने बताइएको यो फिल्म ‘वडा नम्बर ६’ को दोस्रो श्रृंखला हुने खबर यसअघि नै सार्वजनिक भइसकेको छ।

अब भने यो फिल्मका निर्देशन दीपाश्री निरौलाले गर्ने निश्चित भएको च । यसअघि दीपाश्रीले नै निर्देशन गर्ने अड्कलबाजी थियो । ‘आगामी फिल्म दीपाजीले नै निर्देशन गर्नुहुनेछ,’ दीपकले भने ।

यो फिल्मको निर्माण दीपकको कम्पनी आमा सरस्वती मुभिजले गर्नेछ । यसको अर्थ फिल्मको एकल निर्माताको रुपमा दीपक हुनेछन् । सरोज न्यौपानेसँग गर्ने भनिएको संयुक्त प्रोजेक्ट र अर्को एक फिल्म चाहिं अर्को वर्षको निर्माण गर्ने योजना छ ।

‘वडा नम्बर ६’ को निर्देशकमा उज्वल घिमिरे थिए । उक्त फिल्ममा दीपकसहित सीताराम कट्टेल धुर्मुस, दयाहाङ राई, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्कीलगायतको अभिनय थियो ।

सिक्वेलमा भने दीपक र माग्ने बुढाबाहेकका कलाकारको केमियो भूमिका हुन सक्ने दीपकले संकेत गरे । यो फिल्मको पटकथा दीपकले लेखिरहेका छन् । उनी तीन फिल्म निर्माणको योजनामा जुटेका छन् । पहिलो फिल्मको छायांकन मंसिरदेखि गर्ने तयारी छ ।


Last Updated on: November 8th, 2023 at 10:25 pm

३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया