शनिबार १६ मंसिर २०८०

कराँतेका दुई प्रशिक्षकलाई सामूहिक बलात्कारको अभियोगमा ८ वर्ष कैदको फैसला भएको छ।

जिल्ला अदालत मोरङले बुधबार दोषि ठहर गर्दै राँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई ८ वर्ष कैदको फैसला सुनाएको हो।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कात्तिक १७ गते दोषी ठहर गरे पनि आज सजाय निर्धारण गरेको हो। २०७९ जेठमा सुनसरीको इटहरी घर भइ विराट हेल्थ कलेजमा अध्ययन गर्ने छात्रालाई होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोप थियो।

पीडित छात्राले उजुरी दिएपछि उनीहरु २०७९ साउन ८ गते पक्राउ परेका थिए।दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद्का स्थायी प्रशिक्षक पनि हुन्।


Last Updated on: November 8th, 2023 at 11:27 pm

१५४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया