Ultimate magazine theme for WordPress.

ग्यालेक्सी 4K टेलिभिजनकी खेल पत्रकार सोनिकासँग बिनोदले कसे लगनगाँठो

179

राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार खेलकुद पत्रकार सोनिका अर्यालसँग तनहुँमा लगनगाँठो कसेका हुन् ।

विनोद र सोनिकाले शुक्रबार बडा दशैंको दिन तनहुँको आँबूखैरेनी एक कार्यक्रमकाबीच लगनगाँठो कसेका हुन् ।विनोद र सोनिकाको असोज ६ मा इंगेजमेन्ट गरेका थिए । विनोद र सोनिया लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । उक्त प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

नेपाली विनोदले २००९ देखि नियमित नेपाली टोलीबाट खेल्दै आएका छन् । विनोदले त्रिभुवन आर्मी क्लबको क्रिकेट टोलीको कप्तानी गर्दै आएका छन् । यसै साता सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) विनोदको कप्तानीमा पोखरा राइनोजको फाइनलमा पुगेको थियो ।

फाइनलमा पोखरा चितवनसँग पराजित हुन पुगेको थियो ।विनोदको कप्तानीमा आर्मीले गत माघमा उपाधि जितेको थियो । विनोदले नेपालबाट १२ ओडिआई, ३५ टि२० आई, ३६ लिष्ट ए र ४८ टि२० खेल खेलेका छन् । खेल पत्रकार सोनिका हाल ग्यालेक्सी टेलिभिजनमा आबद्ध छिन् ।