शनिबार १६ मंसिर २०८०

ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ श्रीचौरको बुधबार दिउँसो आगलागी भएको घरमा सानो मासुको डल्ला फेला परेको प्रहरीले जनाएको छ ।

मासुको डल्ला आगलागीमा परि वेपत्ता भएका कर्मा शेर्पाको छोरा १५ महिने बालक फुर्वा शेर्पाको भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक केसीले जानकारी दिए । आगलागी भएको स्थानमा भेटिएको उक्त डल्लोलाई पोष्ट मार्टम तथा पहिचानका लागि बुधबार (हिजो) साँझ नै रुम्जाटार अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो नाबालकहरुले आगोबाल्ने लाइटर चलाउदा आगो सल्किएर मोलुङ गाउँपालिका ६ श्रीचौरका कर्मा शेर्पाको ढुङ्गामाटोले बनेको तथा ढुङ्गाको छानो भएको दुई तले घर पुर्ण रुपले नष्ट भएको थियो । आगलागीका कारण घरभित्र रहेका अन्नपात, खाद्यान्न, लत्ताकपडा, नगद, सुनचाँदी, भाडाकुडा जलेर नष्ट हुँदा १५ लाख बढीको क्षति भएकाे थियाे । आगलागीमा परी शेर्पाका १५ महिने नाबालक छोरा फुर्वा शेर्पा वेपत्ता भएका थिए ।


Last Updated on: November 9th, 2023 at 8:54 am

२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया