Ultimate magazine theme for WordPress.

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

52

वासिंगटन । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पतालमा उपचार गराइरहेका छन् । उनका प्रवक्ताले ७५ वर्षीय क्लिन्टनको अवस्थामा सुधार भइरहेको बताएका छन् । उनलाई यूसी अर्भिन मेडिकल सेन्टरमा मंगलबार भर्ना गरिएको हो ।

चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा क्लिन्टनलाई ए’न्टिबायोटिक र झोल पदार्थ दिइएको जनाएका छन् ।नियमित नि’गरानीका लागि उनलाई अस्पतालमा नै राखिएको चिकित्सकहरूको भनाइ छ । ‘दुई दिनको उपचारपछि उनको ह्वाइट ब्ल’ड से’लको गणना घटिरहेको छ र उनमा ए’न्टिबायोटिकहरूले राम्रो असर देखाइरहेको छ ।’

यूसी अर्भिनका चिकित्सकहरू न्यूयोर्कमा रहेका क्लिन्टनका स्वास्थ्यकर्मी र उनका मुटु रो’ग विशेषज्ञहरूसँग पनि सम्पर्कमा रहेका छन् । उनीहरूले क्लिन्टनलाई चाँडै घर पठाइने जनाएका छन् । क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकाका राष्ट्रपति थिए ।

सन् १९९८ मा ह्वाइट हाउसकी एकजना इन्टर्न मोनिका लो’वेन्स्कीसँगको आफ्नो सम्बन्धबारे अनुसन्धानकर्ताहरूलाई ढाँ’टेकोमा उनीवि’रुद्ध म’हाभियोग लगाइएको थियो । तर सिनेटमा भएको सुनुवाइबाट उनले उ’न्मुक्ति पाएका थिए ।सन् २००४ मा क्लिन्टनको

बा’इपास स’र्जरी गरिएको थियो र त्यसको १० वर्षपछि छाती दु’खेको बताएपछि उनको मुटुको ध’मनी सफा गरिएको थियो । चिल्लो खाना रुचाउने यी पूर्वराष्ट्रपति दोस्रो स’र्जरीलगत्तै शाकाहारी बनेका थिए ।