Ultimate magazine theme for WordPress.

बुहारीले ससुराको टाउको फु’टाई दिएपछि…..

215

रामेछाप ।सुनापाति गाउँपालिका–३ हिलेदेवीस्थित नागसिवामा बुहारीले चि’र्पटले हानेर ससुराको टाउको फु’टाई दिएकी छिन् । घरायसी वि’वादको विषयलाई लिएर शुक्रवार विवाद हुँँदा रि’सको आवेशमा बुहारीले चि’र्पटले हानेर ससुराको टाउको फु’टाइ दिएकी हुन् ।

४४ बर्षिय बुहारी नाता पर्ने माया तामाङले ५६ बर्षिय ससुरा बच्चु तामाङलाई चि’र्पटले हान्दा टाउकोमा ग’म्भीर चो’ट लागेको छ । घा’इते भएका उनको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चि’र्पट प्र’हार गर्ने बुहारीलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।उता खोटाङमा भीरबाट ल’डेर एक जना पुरुषको मृ’त्यु भएको छ। ससुरालीबाट टीका थापेर घर फर्कनेक्रममा भीरबाट ल’डेर एक जनाको मृ’त्यु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृ’त्यु भएको हो । दशै मनाउन श्रीमतीसँगै बाम्राङ खत्री गाउँ ससुराली आएका

राउतको दशैको टीका लगाएर फर्कने क्रममा नङ्रेखोलाको भी’रबाट अन्दाजी ५० मिटर तल ख’सेर घट्नास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो। मा’दक प’दार्थ से’वन गरेका कारण राउत ल’डेको अनुमान गरिएको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर राउतको श’वलाई पो’ष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्या‍इएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा थप अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।