
जापान ।
जापान अध्ययनका लागि आएका एक नेपाली विद्यार्थीको रेलको ठक्करबाट असामयिक निधन भएको छ ।
प्राप्त समाचार अनुसार जापानको चिबा प्रान्त स्थित खासिवा रेल स्टेशनमा घटना भएको हो ।
घटना अनुसार रेलको लिगमा जानाजान हामफाल्दा नेपाल रुपन्देही जिल्ला घर भएका विशाल पुन मगरको निधन भएको हो ।
रेल स्टेशनमा रहेको सिसिटिभी क्यामेरा हेर्दा मगर रेल कुदिरहेको समयमा रेल आउनुपूर्व रेलको लिगमा फाल हालेको र रेलको ठक्करबाट घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको नेपाल स्थित परिवारले जानकारी दिएको मृतक मगरका भिनाजु सुमन पुनले जानकारी दिनुभयो ।
अन्दाजी २३ बर्षका मृतक विशाल पुन मगर करिव ६ महिना अघि मात्र जापान विद्यार्थी भिषामा आएका थिए । घटनाको सम्वन्धमा थप विवरण लिनेकाम भइरहेको पुनले जानकारी दिनुभयो ।