
बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगका एक सरसफाइकर्मी मजदुरको ट्रकले किचेर मृत्यु भएको छ । रोकिराखेको प्रदेश ०२–०३–००१ ख ५९६ नम्बरको लहरीको छेउमा काम गरिरहेको अवस्थामा सोही गाडीले किचेर स्थानीय २३ वर्षीय उज्ज्वल कार्कीको ज्यान गएको हो ।
कार्की जीतपुरसिमरा वडा नं २ का स्थानीय हुन् । कार्कीसँगै रहेका एक जना भने भागेर ज्यान जोगाएका छन् । इलाका प्रहरी कार्यालय सिमराले गाडी चालक र सहचालकलाई नियन्त्रणलाई लिएको छ ।
ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले पक्राउ परेका चालकको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् । कार्कीको मृत्यु लगत्तै सार्वजनिक भएको सिसी क्यामरा फुटेज पनि सार्वजनिक भएको छ ।