बुधबार १९ आश्विन २०७९

तनहुँ । ब’लात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको ज’बरजस्ती क’रणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ ।नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो ।

ब’लात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतबाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छाड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्ने छ ।

गत ११ फागुनमा नाबालिक गायिकामाथि पटकपटक ब’लात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको चार दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन ।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिएका थिए । उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो ।

दुवै जिल्ला अदालतले पेशी तोकिएसँग उक्त मुद्दामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्दा लड्नेछन् वा थुनामा नै रहेर उक्त मुद्दा लड्ने छन्, त्यसको छिनोफानो अर्को साता हुने छ ।


Last Updated on: August 23rd, 2022 at 10:01 pm

तपाईको प्रतिक्रिया