Ultimate magazine theme for WordPress.

बैतडीमा जन्ती बोकेको जिप दु’र्घटना

207

बैतडी,बैतडीको सिगास गाउपालिका १ मा जन्ती बोकेको जिप दु’र्घटना हुदा ८ जना घाइते भएका छन् । सुर्नया ८ ढोल्यामोडबाट सिगास १ खड्क्यौडा जन्ती लिएर फर्किदा शुक्रबारराती १० बजेको समयमा से १ ज १७० नं को

जिप दु’र्घटनामापरी ८ जना घा’ईते भएका हुन । घा’इतेमध्ये ४ जना डडेल्धुरा अस्पतालबाट डि’स्चार्ज भइसकेका छन् ।थप ४ जना ग’म्भिर घा’ईतेहरुलाई धनगढी रे’फर गरिएको छ । गम्भिर घाइते हुनेमा सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिह बोहरा,

सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सेहि ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुसील बोहरा रहेका छन् । उनिहरुको कैलाली स्थित पद्मा अस्पतालमा उपचार भइरहेको खो’डपे प्रहरी चौ’कीका इ’न्चार्ज ऐन बहादुर पालले जानकारी दिनुभयो ।

चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ब्रे’क फेल भएर जिप दु’र्घटनामा परेको अनुमान गरिएको छ । जीप साडकमै पल्टिएको हो ।तस्बिर : फाइल