Ultimate magazine theme for WordPress.

नेपालमा को’रोना संक्रमण सुन्यतिर झर्दै, १४७ जनामा संक्रमण पुष्टि हुँदा ८४५ जना डिस्चार्ज

59

काठमाडौं । नेपालमा को’रोना संक्रमण सुन्यतिर झर्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १४७ जनामा को’रोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८४५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४४६ पीसीआर परीक्षणमा १३६ र ३२७ एन्टिजेन परीक्षणमा ११ जना गरी १४७ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार भने सोही समयमा १ जनाको मृ’त्यु भएको छ । हाल देशभर ११ हजार ५४४ जना होम आइसोलेसनमा र १,०५४ जना होम आइसोलेसनमा छन् ।

हालसम्म नेपालमा को’रोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २७८ पुगेको छ। यसअघि हिजो शुक्रबार २७२ जनामा संक्रमण पुष्टि हुँदा ७७७ जना डि’स्चार्ज भएका थिए ।

यो पनि पढ्नुहोस – विश्व स्वास्थ्य संगठनल (डब्लूएचओ) ले कोे-भि’ड–१९ को उत्पत्तिका कारे थाहा पाउन अन्तिम अवसर भएको बताएको छ । एक विज्ञ समूह निर्माण गर्दै डब्लूएचओले सो समूहसँग को-भि’ड–१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर रहेको बताएको हो ।

करिब दुई वर्ष बित्न लाग्दा पनि यसको उत्पत्तिबारे स्पष्ट भइसकेको छैन । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपटक भेटिएको को-भि’ड–१९ भाइरसले करिब ४९ लाख मानिस ज्यान लिइसक्दा पनि उत्पत्तिबारे स्पष्ट नभएको हो ।यसै वर्षको फेब्रुअरीमा डब्लूएचओको अध्ययन समूह चीन गएर अध्ययन गरेको थियो ।

सो समूहले च’मेराबाट भाइरस मानिसमा सरेको हुन सक्ने निष्कर्ष निकालेको थियो । तर अमेरिकाले भने चीनको एक ल्याबबाट चुहावट भएर फैलिएको आरोप लगाउँदै आएको छ ।तर अमेरिकाको सो आरोपको खण्डन गर्दै आइरहेको छ ।