Ultimate magazine theme for WordPress.

खुट्टामा बेरिएको सेर्पलाई हातले समातेर फाल्न खोज्दा भाइरल झाक्रीको नि’धन

522

ताप्लेजुङ । ‘भाइरल झाँक्री’का नामले परिचित फुङलिङ नगरपालिका ९, हाङदेवा, ताप्लेजुङका कृष्णबहादुर घतानीको सर्पले टो’केर मृ’त्यु भएको छ ।

शुक्रबार बेलुका दसैंको टीका लगाएर देवलिङगेबाट साँझ घर फर्किएका उनलाई घरमै सर्पले टो’केको र उपचारको क्रममा जिल्ला अस्पतालमा मृ’त्यु भएको छिमेकी सञ्चपाल मादेनले जानकारी दिए ।मादेनका अनुसार सर्प खुट्टामा बे’रिएपछि हातले समाएर फाल्न खोज्दा देब्रे हातको हत्केलामा टो’केको थियो ।

क’रेत सर्पले टो’केको र सर्प पनि उनैले मारेको मादेनले बताए । सर्पले टो’केपछि झा’रफुकका लागि हिँडेको र ढिलो अस्पताल ल्याउँदा उनको मृ’त्यु भएको हो । २५ वर्षिय घतानी आफू पनि धामी झाँक्रीको काम गर्ने गर्दथे ।अस्पताल भर्ना गरेको केही समय

पश्चात नै उनको उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता राकेश यादवले जानकारी दिए । ताप्लेजुङमा प्रत्येक वर्ष सर्पले टो’केर मानवीय क्षति हुने गरेको छ । अलैंची टिप्ने यो सिजनमा सबैभन्दा बढी सर्पले टो’क्ने घटना हुने गरेको छ ।