Ultimate magazine theme for WordPress.

भारतको चीनसँग नौ महिनामै ४६ अर्ब डलर व्यापार घाटा

190

काठमाडौं । गत वर्ष लद्दाखमा भएको सैन्य टकरावले भारत र चीन व्यापारमा कुनै पनि असर नपारेको भारतले जनाएको छ । लद्दाखमा भएको दुई देशका सैन्य झडपछि मोदी सरकारले चीनमा निर्मित सामानमा भारतको निर्भरता

घटाउने र आत्मनिर्भरताको साथसाथै अगाडि बढ्ने प्रयास गरेपनि भारतको चीनसँगको व्यापार घाटा बढेको छ ।द्विपक्षीय व्यापार १०० अर्ब डलरको रेकर्डको उच्च विन्दुमा पुगेको भारतले बताएको छ । नयाँ दिल्लीको बेइजिंग सँग नौ महिनामा ४६.५५ अर्ब डलर बराबरको व्यापार घाटा रहेको द प्रीन्टले जनाएको छ ।

चीनको भन्सार प्रशासन पछिल्लो तथ्या्क अनुसार २०२१ को अन्त्यसम्म अझ बढ्ने अपेक्षा गरिएको छ ।भारतीय वाणिज्य मन्त्रालयले अगस्टमा दिएको आंकडा अनुसार २०२०-२१ मा दुई देशहरु बीचको व्यापार घाटा ४४.०२ बिलियन डलर थियो। गत आर्थिक बर्षको व्यापार घाटा वास्तवमा २०१८-१९ मा ५३.५ अरब डलर रहेको थियो ।

त्यस्तै चीनको जीएसीसीको पछिल्लो तथ्या्कले बेइजिंगको सबैभन्दा ठूलो रणनीतिक र आर्थिक प्रतिद्वन्द्वी अमेरिकालाई निर्यात ३० प्रतिशतले बढेर ५७.४ अर्ब डलर पुगेको छ भने अमेरिकाबाट आयात १७ प्रतिशतले बढेर १५.४ अर्ब डलर पुगेको छ।