Ultimate magazine theme for WordPress.

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

118

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् । मालेको राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले अग्रता लिएको छ ।

खेलको ४७ औं मिनेटमा सुनील क्षेत्रीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै सुरेश सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । यसअघि खेलकै सुरुआतदेखि नै भारतले आक्रामक खेल खेलको थियो । भारतले रणनीति अनुसार खेल्न सक्दा खेलमा अग्रता लिन सक्यो ।

साफ च्याम्पियनसिपमा यो नेपालको पहिलो फाइनल हो । प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको भएपनि अब उपाधि नै जित्ने तयारीमा लागेको छ । भारत भने दक्षिण एसियामा आफ्नो दबदबा कायम राख्न चाहन्छ ।यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा)का बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रशिक्षक (अब्दुल्लाह अल्मुताईरीं)लाई

टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियमको बिपरित भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स स्थित मालेमा नेपाल र भारतले फाइनल खेल खेल्नु अघि आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाली प्रशिक्षक अब्दुल्लाहलाई प्रतियोगिता नियमावली विपरित टर्च लाईन (टेक्निकल क्षेत्र) मा उभिन प्रतिबन्ध लगाएको थियो ।

प्रशिक्षक अब्दुल्लाह स्वयमले पत्रकार सम्मेलन गरि यस विषयमा बिरोध जनाउँदा एन्फाले भने अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । यसैबीच एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले भने टेक्निकल क्षेत्रमा प्रशिक्षकलाई जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियम बिपरित भएको बताएका छन् ।