
झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको बिच सिमाना दुईरिङ्गेमा एक घरमा आगलागी हुँदा वृद्धाको मृत्यु भएको छ ।
आगलागीमा परि अर्जुनधारा नगरपालिका वडा नं.१० बस्ने ७३ वर्षिय दिलकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका श्रीमान भने घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रविन भट्टराईले जानकारी दिए ।
बिहीबार बेलुकी भएको आगलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।