
बलिउडकी चर्चित टिभी अभिनेत्री हुन् अनिता हसनन्दानी।
उनी अक्सर आफ्नो स्टाइलिश लुक्स र उत्कृष्ट अभिनयको लागि चर्चामा आइरहन्छिन्। तर अहिले अनिता आफ्नो श्रीमान रोहित रेड्डीसँग आफ्नो वैवाहिक जीवनको आनन्द लिइरहेकी छिन्।
तर एक समय थियो अनिता अभिनेता एजाज खान खानकाे प्रेममा थिइन्। अनिता र एजाजको पहिलो भेट एकता कपूरको टिभी शाे ‘काव्याञ्जली’ काे सेटमा भएकाे थियाे। त्यहीबाट उनीहरूकाे नजिकी बढेकाे थियाे।
दुबैको प्रेम सामाजिक सञ्जालमा छताछुल्ल भएकाे थियाे। यी दुईको अनस्क्रिन केमेस्ट्रीसँगै अफ–स्क्रिन लभ अफेयरलाई पनि फ्यानहरुले निकै मन पराएका थिए। यी दुबैले आफ्नो प्रेम कसैबाट कहिल्यै लुकाएनन्।
सधैं एक अर्कासँग समय बिताइरहेको देखिन्थ्यो उनीहरू। ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी अनिताले एजाजसँग विवाह गर्ने सपना समेत बुनिसकेकी थिइन् तर साेचेकाे जस्ताे भएन। सन् २०१० मा उनीहरूकाे ब्रेकअप भयाे।
मिडिया रिर्पाेटमा अनुसार एजाज अनिताका साथै अर्काे केटीसँग पनि रिलेशनशीपमा थिए। एक अन्तर्वार्तामा नै एजाजले प्रेममा धाेका गरेकाे बताएका थिए। यद्यपि अहिले दुबै जना आ-आफ्नाे जीवनमा अगाडि बढिसकेका छन्।