
जापान। कम्बोडियामा रहि,जापानका विभिन्न स्थानमा फोन ठगी घटनामा संलग्न भएको आरोपमा जापानी प्रहरीले बुधबार २५ जना जापानी पुरुषलाई पक्राउ गरेको छ।
बुधवार राति टोकियोको हानेदा विमानस्थलमा चार्टर उडान मार्फत ति संदिग्धहरुसाई जापान ल्याईएको हो ।
यसरी पक्राउ पर्नेहरुमा २० र ४२ वर्ष उमेर समूहका संदिग्धहरू रहेका छन् । उनिहरुले कम्बोडियाबाट जापानमा सम्भावित ठगीका लागि फोन कल गर्ने भूमिका खेलेको प्रहरीको मान्यता रहेको छ।
सेप्टेम्बरमा, कम्बोडियन अधिकारीहरूले कम्बोडियाको राजधानीमा रहेको जापानी दूतावासबाट सूचना पाएपछि नोम पेन्हको एउटा अपार्टमेन्टमा उनीहरूलाई समातेका थिए। उनिहरु अपार्टमेन्टमा धेरै स्मार्टफोन र व्यक्तिगत कम्प्युटरहरू सहित फेला परेका थिए।
उनिहरुले जापानको साइतामा लगायत ९ प्रिफेक्चरमा ठगी गरेको हुनसक्ने भन्दै प्रहरी विभागहरूले संयुक्त रूपमा यस अनुसन्धान गरिरहेका छन् । प्रहरीका अनुसार उनिहरुले कुल करोडौं येनको ठगी गरेको आँकलन गरिन्छ ।