Ultimate magazine theme for WordPress.

पोखरा घर भएका सन्जोग गुरुङ्गको अष्ट्रेलियामा नि’धन

389

केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचारार्थ एक नेपाली युवकको नि’धन भएको छ । ४१ वर्षिय सन्जोग गुरुङ्गको उपचारका क्रममा लिभरपुल अस्पतालमा नि’धन भएको तमु समाज सिड्नीले जनाएको छ ।

सन्जोगलाई लागेको रो’गका बारेमा सार्वजनिक नगरिदिन परिवारले अनुरोध गरेको समाजका संस्थापक अध्यक्ष प्रेम गुरुङ्गले बताउनुभयो । सन्जोगलाई पेट सम्बन्धी रो’ग लागेको बुझिएको छ । सन् २००४ मा अष्ट्रेलिया आउनु भएका सन्जोगको स्थाई घर पोखरा हो ।

उहाँको एक श्रीमती र दुइ सन्तान हुनुहुन्छ । सिड्नीको नेपाली समाजमा सक्रिय सन्जोग असल व्यक्तित्वको धनी रहेको प्रेम गुरुङ्गले बताउनुभयो । समुदायका लागि सधै एक कदम अगाडी देखिने सन्जोगको अल्पआयुमै नि’धन भएको प्रति समाजले दुख व्यक्त गरेको छ ।

अक्टोबर १९ तारिख बिहान साढे १० बजे लि’पिङ्गटनमा सन्जोगको अन्तिम सं’स्कार गरिने तय भएको छ ।

यो पनि पढ्नुहोस –भिक्टोरियामा पछिल्लो समय को’रोना संक्रमणदरमा कमी देखिएको छ । शनिबारको तुलनामा आइतबार को’रोना भाइरसका संक्रमितको संख्या केही कम देखिएको हो ।पछिल्लो २४ घण्टामा गरिएको ७३ हजार ५०१ जनाको को’रोना परीक्षण गर्दा १८३८ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, गएको २४ घण्टामा भिक्टोरियामा को’रोना संक्रमणबाट थप ७ जनाको मृ’त्यु समेत भएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ३०१ जनामा को’रोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ६९ हजार १०७ परीक्षणमा ती व्यक्तिमा को’रोना संक्रमण पुष्टि भएको हो ।