
नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा पक्राउ परेका डिल्लीराम खनाल पक्राउ रिहा भएका छन् ।
झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई साइबर ब्यूरोले पक्राउ गरेको थियो ।उनि धरौटीमा १० दिन पछी छुटेका हुन् ।
उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो।
सोही पत्रको आधारमा खनाललाई पक्राउ गरेको थियो ।
खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।