Ultimate magazine theme for WordPress.

विप्लव र प्रकाण्डले बोके वीरजङ्गको श’व

382

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अ’न्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अ’न्त्येष्टि भएको हो ।वीरजङ्गको मृ’त्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो ।

२८ असोजमा निधन भएका उनको श’व स्वदेश ल्याई हिजो अ’न्त्येष्टि गरिएको थियो ।नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका वीरजङ्गको श’वलाई उनकै भाई विप्लव र नेकपा प्रवक्ता प्रकाण्डले बोकेका थिए ।अ’न्त्येष्टिमा नेकपाका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थिए ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका वीरजङ्ग विगतमा माओवादीमा आ’वद्ध थिए । उनी मोहन वैद्य किरण पक्ष हुँदै विप्लव पक्षमा आ’वद्ध भएका थिए ।

यो पनि पढ़नुह्सो –रुपन्देहीमा एक ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । असोज २२ गतेदेखि वेपत्ता उनी घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए । “सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्”–उनले भने ।

आफन्तहरु सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्दे बताए ।एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे ।

आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले जानकारी दिए ।संगीता बिगत सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।