Ultimate magazine theme for WordPress.

विश्वमै सुन्दर आँखा हुने १० सुन्दरी: जसको आँखाले घायल बनाउँछ

255

आँखा मानव जीवनमा हेर्नको लागि प्रयोग हुन्छ र अभिन्न अंग हो । आत्माको प्रतिबिम्बका रुपमा परिचित आँखाबाट मानिसहरुको प्रत्येक बानी तथा व्यवहारको आँकलन गर्न सकिन्छ । साथै आँखाको हेराईबाटै मानिसको व्यक्तित्वको अनुमान लगाउन सकिन्छ ।

कोहि मिलेको जीउडालका कारण चर्चामा आउँछन् त कोहि सुन्दर अनुहारका कारण चर्चामा रहन्छन् । चर्चामा आउने धेरै ठाँउ छन् ।आँखाले हाम्रो व्यक्तित्व मात्र झल्काउँदैन,अनुहारको सुन्दरता पनि चम्काउँछ । विश्वमा विविध गतितिधिबाट मानिसहरु चिनिरहेका हुन्छन् । हामीले बिश्वमा निकै सुन्दर अाँखा भएका सुन्दरीबारे चर्चा गर्दैछाैँ ।

– एन्जेलिना जोली एन्जेलिना जेली उनको सौन्दर्यको चर्चा जति गरे पनि कम हुन्छ । अमेरिकन नायिका तथा निर्देशक जोलीको सुन्दरता र सफलताको कहानी अधिकांशलाई थाहा छ । उनको ओठ र आँखाको सौनदर्यताले जो केहिलाई पनि मन्त्रम’ध बनाईदिन्छ । जोलीले गोल्डेन गोल्ब, एकेडेमी अवार्ड, स्क्रिन एक्टर गिल्ड अवार्ड जस्ता धेरै अवार्डहरुबाट उनी सम्मानित भएकी छिन् ।

– ऐश्वर्या राय बलिउड नायिका ऐश्वर्य राय सौन्दर्यताकी प्रतिक मानिन्छन् । सन् १९९४ को मिस वर्ल्ड ताज पहिरिएसँगै उनी एकाएक सफलताको शिखरमा पुुगेकी थिइन् । सन् २००४ मा प्रकाशित भएको विश्वका प्रभावशाली सय व्यक्ति सूूचिमा उनको नाम पनि समावेश भएको थियो । उनका आँखा र उनको सौन्दर्यताबाट नलोभिने मानिस सायदै न होलान् ।

– एलिजाबेथ टेलर एलिजाबेथ टेलरले हलिउडमा सानै उमेरमा अभिनय थालेकी थिइन् । उनी सुन्दरताका साथै अनि अभिनयले गर्दा प्रख्यात छिन् । टेलर ‘हु इज अफ्रेड अफ भर्जिनिया उल्फ’ र ‘बटर्फिल्ड ८’ फिल्मबाट उत्कृष्ट नायिका भएकी थिइन।

– जियाडा डी लौरेनटिस विश्वमै राम्राे आँखा भएकी महिलाहरुको छैटौँ नम्बरमा पर्छिन् जियाडा डि लौरेनटिस । लेखक, इटालिएन अमेरिकन कुक, टीभी स्टार साथै सुन्दर आँखाकी धनी मानिन्छन् र उनी कार्यक्रम प्रसतोता पनि हुन् । उनले टेलीभिजनमा फुड नेटवर्क नामक कार्यक्रम चलाउने गर्थिन् ।

– क्रिस्टिन स्टेवार्ट फिल्मकै पात्र ‘बेला स्वान’ नामबाट परिचित क्रिस्टिन स्टेवार्ड चर्चित नायिकाहरु मध्येकै एक हुन् । ट्वाइटाइट सागा’ फिल्मबाट चर्चामा आएकी यी अमेरिकन नायिकालाइ नचिन्ने सायदै होलान्। उनको सुन्दर आँखाकै कारण अधिकांश मानिस फिदा हुने गर्छन् ।

– क्रिस्टिन क्रेउक क्रिस्टिन क्रेउक राम्राे आँखा हुने महिलाहरुको सूचिमा सातौँ नम्बरमा पर्छिन् । हरिया चमकदार आँखाका कारण चर्चामा रहेकी क्रिस्टिन क्रेउक सुन्दरतामा पनि त्यत्तिकै प्रख्यात छिन् ।

– मिल्ला जोभोभिच मोडल, संगीतकार, फेसन डिजाइनर तथा नायिका मिल्ला जोभोभिच अमेरिकाकी चर्चित मोडल हुन् । साइफाइ फिल्मबाट आफ्नो कलाकारिता करिअर सुरु गरेकी उनी प्रतिभाशाली मोडल मानिन्छन् । संसारमा राम्रा आँखा हुने महिलाहरुको सूचिमा उनी नवौँ स्थानमा छिन् ।

– चार्लिज थेरोन दक्षिण अफ्रिकाकी फेसन मोडल चार्लिज थेरोन राम्राे आँखा भएकी महिलाहरुमध्येमा १० औँ नम्बरमा परेकी छिन् । ‘मोन्स्टर’ नामक फिल्ममा मुख्य भुमिकामा देखिएकी चार्लिजले उत्कृष्ट नायिकाको लागि ओस्कार अवार्ड हात पारेकी थिइन् । अमेरिकाबाट आफ्नो अभिनयको शुरु गरेकी यी मोडल १९९० तिर निकै चर्चित मोडल हुन् ।

– सेलिना जेटली सन् २००१ मा मिस इंडियाको ताज पहिरेकी बलिउडकी नायिका हुन् सेलिना जेटली। उनी राम्रा आँखा हुने महिलाहरु सूचिमा आठौँ नम्वरमा पर्छिन् । सेलिना बलिउडमा त्यति नछाएपनि उनको सुन्दरताले उनलाई चर्चाको शिखरमा पुर्यायो ।

– औड्रे हेपबर्न सुन्दर आँखा हुने महिलाहरु मध्ये पाँचौ नम्बरमा पर्छिन् औड्रे हेपबर्न । मानवतावादी हेपबर्न ब्रिटेनकी चर्चित नायिका हुन् । उत्कृष्ट नायिकामा ओस्कार पाएकी उनको सु्न्दर आँखाले व्यक्तित्व बढाएको छ।