
नेपालको इतिहासमा ४४ वर्षअघिको कात्तिक २४ गते देशको पूर्वी क्षेत्रको पहाडी जिल्ला धनकुटाको खुकु, छिन्ताङ र आँखीसल्लामा तीन दिनको सुत्केरीसहित १६ जना गरिब किसानको हत्या भएको थियो ।
वीरेन्द्र राजा भएका र सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला थापाकै ठाडो निर्देशनमा कोहीलाई बलात्कार गरेर, कोहीलाई गोली ठोकेर, कोहीलाई भीरदेखि लडाएर त कोहीलाई तमोर नदीमा बगाएर हत्या भएको थियो ।
हत्या गरिनेमा पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राई, भैरवबहादुर खालिङ राई, बलबहादुर खत्री, केशरमान राई, गणेशबहादुर विश्वकर्मा र श्रीमाया राई (हाङखिमा साइली) हुन् ।
उनीहरू सबै कम्युनिस्ट थिए । गाउँका जमिन्दार र सामन्तका घरमा टन्नै अन्न हुने र ती गरिब किसानहरूले उनीहरूकैमा दिनभर काम गर्दा पनि ज्यालाले खान नपुग्ने स्थिति थियो । अर्थात् श्रम शोषण सामन्तहरू गरिब किसानका गर्थे ।
त्यसविरुद्ध उनीहरू ‘मझिया परिवार शोषक परिवार’ भन्दै आन्दोलित भएको हत्याकाण्ड हुँदाताका मानिसहरू बताउँछन् । । र, केही मझियाहरूको भकारी फोरेर गरिब किसानहरूले खानलाई २०२८ सालमा धान र कोदो लगेका थिए ।
बदलामा आठ वर्षपछि उनीहरूको राजा वीरेन्द्र भएका र प्रधानमन्त्री सूर्यबहादुर थापा भएका बेला थापाको ठाडो निर्देशनमा हत्या भयो । राजतन्त्र भएको बेला भएको यो गरिब किसानमाथि भएको बर्बर दमन थियो । यो घटनाले धनकुटाको खुकु, छिन्ताङ र आँखीसल्लावासीलाई हरेक कात्तिक महिनामा दुखाउँछ ।