बुधबार २० मंसिर २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनबाहादुर थापाले पार्टीको पदीय जिम्मेवारीमा नरहने घोषणा गरेका छन् । उनको सो निर्णयलाई रास्वपाले स्वीकार गर्ने निर्णय गरेको छ ।

थापामाथि पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले मिडियामार्फत आफूलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ मागेको आरोप लगाएका थिए । श्रेष्ठले सो विषयको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराएको रास्वपाले बैठकको निर्णयमा उल्लेख गरेको छ ।

ढाकाकुमारले सञ्चारमाध्यममा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी उनले काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेका छन् ।

थापा सभापति लामिछानेका विश्वास पात्र हुन् । थापा अमेरिका बस्दा रविका रुम पार्टनर थिए । बिहीबार केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले थापाको घोषणालाई स्वीकार गर्ने निर्णय भएको हो ।


Last Updated on: November 11th, 2023 at 8:53 am

१०४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया