
काठमाडौँ – ठेक्का लिएकाे काम समयमा सम्पन्न नगर्ने तथा पटक-पटक सूचना जारी गर्दा पनि बेवास्ता गर्ने १० ठेकेदार कम्पनीलाई सरकारले कालाेसूचीमा राखेकाे छ।
ठेक्का लिएकाे काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई कारबाहीसहित सूची सार्वजनिक गरिएकाे हाे।
जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीसमेत परेकाे छ। बुधबार सार्वजनिक गरिएकाे सूचना अनुसार उनलाई ३ वर्ष कुनै काम गर्न नपाउनेगरी प्रतिबन्ध लागाइएकाे हाे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गरी दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सामेद हुन नपाउने गरी कालोसूचीमा राखेको जानकारी गराइएकाे हाे।
निमार्णकाे काम अलपत्र पार्दासमेत प्रचण्डले बचावट गरी राखेकाे भन्ने आराेपकाबीच हालै उनीमाथि कारबाहीकाे सूचना सार्वजनिक भएकाे हाे।
यसै सन्दर्भमा केहीदिनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि फेसबुकमा प्रचण्डको घरबेटीले बाटो नबनाएका कारण काठमाडौँको फोहोर उठाउन गारो भएको बताएका थिए। यसका साथै उनले प्रचण्डले ठेकेदार अधिकारीलाई अंगरक्षकले जसरी संरक्षण गरेकाे आराेपसमेत लगाएका थिए।