Ultimate magazine theme for WordPress.

१९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव

55

नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन्। एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ को वडा सचिवमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्।

रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका–१ मा २६ वर्षीय सुरज कलवार वडा कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् सुरज र झरनाजस्तै धेरै युवा एमालेको वडा नेतृत्वमा आएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

उता दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए ।

शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् ।‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने ।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।