शनिबार १६ मंसिर २०८०

काठमाडौं : झापामा नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको झापा, कन्काइ नगरपालिका-८ मा नेपाल प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले कमल गाउँपालिका-६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो।

धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत दाहालले चलाएको मे १ च ७८३९ नम्बरको स्कोरपियो मर्डीले चलाएको मे १० प १६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि सिकिस्त घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। त्यहाँ पुर्याएको केहीबेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


Last Updated on: November 11th, 2023 at 1:31 pm

७०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया