बुधबार २० मंसिर २०८०

प्यूठान : बिहे गर्छु भन्दै शारीरिक सम्बन्ध राखेको एक युवक नगद जिन्सी लुटेर फरार भएपछि प्यूठान प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

३४ वर्षीया महिलासँग बिहे गर्छु भन्दै प्रलोभनमा पारी सोबार राति माण्डवी गाउँपालिका–४ धनचौरका २६ वर्षीय संगीत केसी भन्ने अर्जुन दमाईले शारीरिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उसले ती युवकलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। नगद र जिन्सी लुटेर फरार भएपछि महिलाले दमाईविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीको भनाइ छ।

महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।


Last Updated on: November 11th, 2023 at 1:50 pm

३५२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया