आइतबार १६ आश्विन २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई मिलेको छ । उहाँले सो कार्यभार सम्हाल्नु भएको हो ।

भदौ २ गतेको निर्णयअनुसार उहाँले भदौ ५ गतेबाट पदबहाली गर्नुभएको महानगरले जानकारी गराएको छ । पदबहाली लगत्तै उहाँले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई व्रिफिङ् गर्नुभयो ।

काठमाडौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहनु भएका नगरप्रहरी उपरीक्षक(एसपी)धनपति सापकोटालाई हटाएर एसपी पाण्डेलाई जिम्मेवारी दिनु भएको हो ।

काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता महेश काफ्लेका अनुसार नियमित प्रकृया अनुसार (एसपी) धनपति सापकोटालाई परिवर्तन गरिएको हो ।

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँको २०७७ सालमा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भयो ।

२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन—२०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उहाँको पदोन्नति भएको हो ।


Last Updated on: August 24th, 2022 at 10:57 am

तपाईको प्रतिक्रिया