मंगलबार १८ आश्विन २०७९

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई कारबाही गर्ने बताएको छन्।

बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले बाटोमा जथाभावी फोहोर फाल्नेलाई सीसीटीभीबाट निगरानी गरेर कारबाहीको दायरामा ल्याइने बताएका हुन् । ‘फोहोर मैला व्यवस्थापन गाह्रो भएको छ।

हामी प्रहरीसँग सहकार्य गरेर सिसीटिभी फुटेजका आधारमा राति राति फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’ उनले भने । जथाभावी फोहोर फाल्नु अपराध भएको उनको भनाई छ । काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने पनि उनले बताए ।

उता काठमाण्डौको कलंकीस्थित खसीबजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ’त्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृ’त्यु भएको हो ।

कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ ।

टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।


Last Updated on: August 24th, 2022 at 11:25 am

तपाईको प्रतिक्रिया