
हेटौँडा । हेटौँडा उपमहागनरपालिका-११ राप्ती पुलनजिक आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाँडा बस्ने २२ वर्षीय महेन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
थापाले चलाएको मोटरसाइकलमा दुई युवती सवार थिए । पछाडी सवार हेटौँडा उपमहानगरपालिका-२ संगमचोक बस्ने १८ वर्षीया बेबिसा खड्की र हेटौँडा-५ गर्दोही बस्ने १९ वर्षीया बिनिता थापा घाइते भएका छन्। खड्कीलाई थप उपचारको लागि गए राति साढे ११ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । थापा उपचारपछि डिस्चार्ज भएकी छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट थानाभर्याङतर्फ जाँदै गरको ना ६५प ७०५५ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेकाले आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।