Ultimate magazine theme for WordPress.

वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा र विचौलिया लाखौं घुससहित पक्राउ

129

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्ले घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई २ लाख १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो। नासु पोखरेल र विचौलिया काफ्लेले र वैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीसँग घुस लिँदै थिए।

अख्तियारका अनुसार नासु पोखरेलले श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरेको र बिचौलियाको काम गर्ने काफ्लेमार्फत उक्त रकम घुस लिइरहेको पाइए पछि पक्राउ गरिएको हो।

यो पनि – सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई रु १५ हजार जरिवाना गराइएको छ ।

सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै उहाँलाई जरिवाना गरिएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता कमला ओली थापाका अनुसार झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, हाल काठमाडौँ निवासी बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख डा. खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गरेका थिए ।

मागअनुसार कोषले सूचना उपलब्ध नगराएकाले सूचना पाउँ भनी आयोगसमक्ष पुनरावेदन गरेकामा सूचना माग कर्ताको पुनरावेदन साथै संलग्न कागजात, विपक्षीबाट प्राप्त लिखित जवाफ तथा यस आयोगबाट भएका पटकपटकका आदेशकोसमेत बेवास्ता गरेपछि उनलाई जरिवाना गरिएको हो ।