शनिबार १६ मंसिर २०८०

काठमाडौँ । नेपालमा टिकटक चलन छाडेको छ ।टिकटकलाई नेपालमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वल्डलिङक’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।


Last Updated on: November 13th, 2023 at 11:58 pm

१६३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया