बुधबार २० मंसिर २०८०

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै २०० जना होस्टर बाहेक अरु सर्बसाधारण भने खुशी भएका छन ।टिकटकमा आफू सक्रिय राखेर विभिन्न तवरले आम्दानी गर्दै आएका टिकटकरहरुले भने सरकारको यस निर्णयको चर्को आलोचना गरेका छन् ।

टिकटकमा सक्रिय रहेकी मोडल कविता नेपाली टिकटक बन्द गर्ने सरकारको निर्णय पूर्णरुपमा गलत भएको बताउँछिन् ।चर्चित टिकटकर प्रीन्सी खतिवडाले रोजगारीको अभाव भएको अवस्थामा टिकटककै कारण धेरै आफ्नो गुजारा चलाउन सकिरहेको अवस्थामा सरकारले टिकटक व्याण्ड गर्ने निर्णय गर्नु एकदमै गलत हो ।

मोडल गरिमा शर्माले आफू टिकटकबाटै उदाएको भए पनि हालका लागि सरकारले गरेको निर्णयमा आफू तटस्थ रहेकाे बताइन् । उनले आफूले टिकटक चलाउँदा छाडापन नभएको बताउँदै अहिले अति नै विकृति बढेको र भ्यूजकै लागि जे पनि गर्ने प्रवृत्ति देखिएकाले सरकारको निर्णय सही भएको उनको भनाइ छ ।

न्रेपालका अन्य चर्चित होस्टरहरु यो निर्णयसँग दुखि भएका छन । अर्की कलाकार प्रियाना आचार्य (मुन्नी)ले जहाँ अडियन्स धेरै हुन्छन् त्यहीँ कला देखाउने हो । त्यस क्रममा टिकटकमार्फत धेरै दर्शकसामु पुगेको बताइन् ।

समाज टिकटकका कारण विभिन्न विकृतिहरु फैलिएको भन्दै केही समयका लागि टिकटक बन्द गर्न लागिएको बताईएको छ ।
सरकारको टिकटक बन्द गर्ने निर्णयलाई महोत्तरीका युवाहरुले स्वागत गरेका छन् । सोमबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका ९ प्रकौलीमा टिकटक अंकित प्रिन्टेड कागज जलाउँदै मैनबत्ती प्रज्वलन गरेर युवाहरुले सरकारको सो निर्णयलाई स्वागत गरेका हुन् ।

टिकटक बन्द संघर्ष समितिका संयोजक सुमनकुमार चौधरीसहितका युवाहरुले सरकारको यो निर्णयलाई स्वागत गरेको हो । नेपाल सरकार जिन्दावाद भन्दै युवाहरुले नाराबाजी समेत गरेका थिए ।छिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा नेपालभित्र टिकटक बन्द गर्ने निर्णय गरेको हो ।


Last Updated on: November 14th, 2023 at 12:27 am

११२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया