Ultimate magazine theme for WordPress.

साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृ’त्यु, दुई जना बि’रामी

308

लमजुङ- लमजुङमा साग ठानेर धतुरो खाने तीनमध्ये ८३ वर्षीया वृद्धाको मृ’त्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका ९ पामचोक गाउँमा साग भनेर धतुरोको तरकारी पकाएर खाएका ३ मध्ये १ को ज्यान गएको प्रहरीले जनाएको छ ।

राम्रोसँग आँखा नदेख्ने ३ जना वृद्धा एउटै घरमा बस्दै आएका थिए । आइतबार साँझ खानासँग साग भनेर ध’तुरोको तरकारी खाएका उनीहरू राति बे’होस भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

उनका अनुसार तरकारी बनाएर खाएपछि बे’होस भएका उनीहरूमध्ये ८३ वर्षीया पवित्रा खड्काको मृ’त्यु भएको हो ।सोमबार बिहान उनीहरूको घरमा अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर ढोका खोलेर हेर्दा तीनै जना बे’होस अवस्थामा भेटिएका थिए ।

उनीहरुलाई जिल्ला अस्पताल ल्याउँदै गर्दा १ जनाको बाटैमा मृ’त्यु भएको हो भने बाँकी २ जनाको उपचारपछि साँझ डि’स्चार्ज भएको छ ।बे’होस भएका २ जनामा ७५ वर्षीया धनकुमारी अधिकारी र ६९ वर्षीया ठगीमाया भण्डारी रहेको प्रनाउ कार्कीले बताए ।