Ultimate magazine theme for WordPress.

म’दिरा पिएर ह’तियारसहित होहल्ला गर्दै हिँडेका नेपाली सेनाका मेजर घे’रा हालेर पक्राउ

448

काठमाडौं। प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई ह’तियारसहित नियन्त्रणमा लिएको छ।

कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयले गएराति मदिरा सेवन गरेर हो’हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर शाहीलाई ह’तियार सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार उनी म’दिराको न’शामा ल’ठ्ठिएर स्थानीयलाई गा’लीगलौज गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी रातिको समयमा स्थानीय संगम होटलमा छिरेका थिए। उनले होटल सञ्चालक हर्क रावललाई गा’लीगलौज गर्नुका साथै हा’तपातको प्रयास समेत गरेका थिए।

होटल सञ्चालक रावलले मेजर शाही म’दिराले ल’ठ्ठिएर आफ्नो होटल भित्र छिरेको बताए।‘उनी म’दिराले ल’ठ्ठ थिए। होटलमा छिर्ने बित्तिकै मसँग अ’भद्र व्यवहार गरे। हामी चारजना थियौं’, उनले भने, ‘साथीहरुले बाहिर पठाए। त्यसपछि उनी ह’तियार सहित सडकमा होहल्ला गर्दै हिँडेछन्।’

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एकजना ड’युटीमा रहेका सै’निकलाई लिएर फेरी करिव ४ किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेका थिए। उनी बजार पुग्ने बित्तिकै सर्वसाधारणलाई गा’लीगलौज गर्दै हिँडेका थिए। स्थानीयका अनुसार सो क्रममा उनले केही व्यक्तिलाई हा’तपात समेत गरेका थिए।

उनी राइफल समातेर बजारमा डु’ल्न थालेपछि केहीबेर चिसापानीको माहौल त्र’सित बनेको थियो। त्यसपछि उनलाई प्रहरीले घे’रा हालेर नियन्त्रणमा लिएका थिए। स्थानीयले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुं’गामुढा गरेका छन्।

उनीहरुले मेजर शाहीलाई कारवाहीको माग गरेका छन्। प्रहरीको नियन्त्रणमा रहेका मेजर शाहीले म’दिराको न’शाले मा’त्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन्। उनलाई लिन पृ’तनाको टोली प्रहरी कार्यालय पुगेको छ।