Ultimate magazine theme for WordPress.

कति राम्रो संयोग: उपसचिवको परीक्षामा बहिनी प्रथममा, दाजुले दोस्रोमा नाम निकाले

457

मुलुकको राजनीतिका कारण कति निराशाका खबर मात्र पढ्ने आउनुहोस केही आशाका खबरहरु पनि पढौं ।लोक सेवा आयोगले मंगलबार राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

यसरी उपसचिवमा नाम निकाल्नेहरुमा ४१ जना आप्रतर्फ छन् । यस्तै लेखा २,राजश्वतर्फ ३ जना,प्रशासनतर्फबाट ११ जना खुलातर्फबाट थपिएका छन् ।यस्तै खुलामा राजश्वतर्फ १,लेखा १, र ८ जना कानुनबाट नाम निकाल्न सफल भएका छन् ।संयोग चाहिँ कस्तो भने यसरी नतिजा सार्वजनिक गर्दा एकाघरका छोरा र छोरी आन्तरिक प्रशासनतर्फ नाम निकाल्न सफल भए ।

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्दा पहिलो नम्बरमा एकाघरमा बहिनी र दोश्रो नम्बरमा दाजुको नाम सिफारिस भएको छ ।

मंगलबार आप्रबाट बढूवा सिफारिस भएका ४१ जनामध्ये रोलनम्बर ८७०५८२ रहेको पूर्णिमा उपाध्याय र केशव उपाध्याय ( ८७१३८४) दोश्रोमा सिफारिस भएका छन् । उनीहरु एकाघरका दाजु बहिनी हुन् ।