Ultimate magazine theme for WordPress.

आफ्नै घरको गेटले कि’चेर आठ वर्षीय बालकको ज्यान गयो

233

चितवन-भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेटले कि’चेर ज्यान गएको छ ।गेटमा खेल्ने क्रममा आफ्नै घरको गेटले किचेर स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्यान गएको हो ।

उनलाई गेटले कि’च्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा मृ’त्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहेका मृ’तक बालक बुबा, आमा दुवै वैदेशिक

रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए । सो गेट बनाएको धेरै समय नभएकोले बनाउँदा कमसल बनाएको कारण बालकको ज्यान गएको स्थानीयले जनाएका छन् । उता हेटौँडाबाट मकवानपुरको

मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृ’त्यु भएको छ ।मृ’त्यु भएका मोटरसाइकल चालककोे सनाखतका

लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ठ’क्कर दिने ट्रक चालक फरार भएकाले निजको खो’जतलास भइरहेको छ । मृ’तक पुरुषको उमेर अन्दाजी ३०/३२ वर्ष रहेको अनुमान गरिएको छ ।