Ultimate magazine theme for WordPress.

तीन युवतीहरुलाई त्यतिबेला झट्का लाग्यो कि उनीहरु तीनै जनाको ब्वायफ्रेण्ड एउटै युवक हो

248

काठमाडौं। तीन जना युवतीहरुलाई त्यतिबेला झट्का लाग्यो जब उनीहरुलाई थाहा भयो कि उनीहरु तीनै जनाको ब्वायफ्रेण्ड एउटै युवक हो । त्यसपछि तीनै जना युवतीहरुले ब्वायफ्रेण्डलाई रंगेहात समात्ने योजना बनाए ।

एक रोड ट्रिपको क्रममा उनीहरुले युवकको पोल खोलिदिएको घटना सामाजिक संजालमार्फत शेयर गरेका छन् ।१८ वर्षकी बेकाह किंग, १९ वर्षकी अबी रोबर्टस र २१ वर्षकी मोर्गन टेबोरको ब्वायफ्रेण्ड एउटै युवक थिए । यो कुराको शंका सबैभन्दा पहिले मोर्गनलाई भयो ।

उनले ब्वायफ्रेण्डको सामाजिक संजालमा निगरानी गर्न सुरु गरिन् । त्यसपछि उनले अबीको बारेमा थाहा पाइन् । अबीसँग कुरा गर्ने क्रममा उनले बेकाहको बारेमा पनि थाहा पाइन् ।त्यसपछि यी तीन युवतीहरुले एक आपसमा कुरा गर्न थाले । यस क्रममा उनीहरु तीनै जनाको ब्वायफ्रेण्ड एउटै भएको थाहा भयो ।

उनीहरुले एक आपसमा भेटेर ब्वायफ्रेण्डको पोल खोल्ने सल्लाह गरे । युवक आफ्ना तीनै जना गर्लफ्रेण्डसँग पालै पालो रोड ट्रिपमा जाने कुरा गरिरहेका थिए । उनलाई यो कुरा थाहा थिएन कि यी तीन जना केटीहरु एक आपसमा भेट भइसकेका छन् ।एक दिन बेकाह, अबी र मोर्गनले उनलाई भेट्न बोलाए ।

युवक निर्धारित ठाउँमा पुगेपछि एकैचोटी तीनै जना गर्लफ्रेण्डलाई देखेर उनको होस उड्यो । युवतीहरुले उनीहरुसँग कुरा गरेर उनीसँग सबै सम्बन्ध तोडे । बीबीसीका अनुसार ती युवकको कूल ६ जना युवतीसँग सम्बन्ध थियो । यीमध्ये तीन जनाले उनको पोल खोलेका थिए ।

ब्वायफ्रेण्डको पोल खोलेपछि यी तीन जना केटीहरुले पुरानो बस किने र ब्वायफ्रेण्ड बिना नै रोड ट्रिपमा निस्किए । यस क्रममा उनीहरुले पूरै अमेरिकाको यात्रा गरे र आफ्नो कहानी इन्स्टाग्राममा शेयर गरे । उनीहरुको यो बस यात्रा सामाजिक संजालमा भाइरल भइरहेको छ ।