Ultimate magazine theme for WordPress.

Breaking: काठमाण्डौबाट छुटेको बस धादिङको ससाहमा दु’र्घटना, १५ जना भन्दा बढी घा’ईते

154

धादिङ- धादिङको कालुपाण्डे मार्ग अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह कमेरे नजिकै दुई वटा बस एक आपसमा ठ’क्कर खादा १५ जना भन्दा बढी घा’ईते भएका छन्।

धादिङबेसीबाट चितवन तर्फ जादै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाण्डौबाट धादिङबेसी आउदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठ’क्कर खादा दु’र्घटना भएको हो। दु’र्घटनामा परी दुवै बसमा सवार १५ जना भन्दा बढी घा’ईते भएका छन्।

घा’ईतेहरुको धादिङबेसीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। घट्नाको विस्तृत विवरण आउन बाँकि छ। उता हेलम्बु ७ इचोक बाट काठमाडौको लागि छुटेको यात्रुबाहक बस इचोकमा दु’र्घटना भएको छ ।सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस हेलम्बुको इचोकमा दु’र्घटना भइ एक जनाको मृ’त्यु भएको छ भने ५ जना घा’इते भएका छन् ।

मृ’त्यु हनेमा हेलम्बु ३ पाल्चोककी ५५ बर्षिय महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।घा’इते हुनेमा हेलम्बु ६का अनुज तामाङ, सोहि ठाउँमा पासाङ दोर्जे , साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरिक्षक सुनिल थापाले जानकारी दिनुभयो ।

घा’इतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । ब्रे’क फेल भएर दु’र्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।उता कोहलपुरबाट बुटवल हुँदै सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा ख’सेको छ ।

सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा ख’सेको हो ।बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घा’इते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।

‘यात्रु सामान्य घा’इते छन् । चार/पाँच जना यात्रु त आफूखुसी उपचार गर्न जानुभएछ । बसभित्रबाट प्रहरीले उद्दार गरेका ४० जनाको अवस्था पनि सामान्य छ’, उनले भने, ‘चालकसँग सोधपुछ गरेका छाैँ । चालक पनि सामान्य घा’इते छन् । उनलाई च्या’पिएको अवस्थामा प्रहरीले उ’द्दार गरेको हो ।’बसका चालक रमेशकुमार कर्णले मा’पसे गरेका कारण दु’र्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।