Ultimate magazine theme for WordPress.

माल्दिभ्सको राजधानी मालेमा भारतविरोधी विशाल प्रदर्शन

228

एजेन्सी । माल्दिभ्समा रहेको भारतीय सैन्य उपस्थिति हटाउन माग गर्दै राजधानी मालेमा भारतविरोधी प्रदर्शन गरिएको छ । भारतीय सैन्य उपस्थितिलाई लिएर मालेमा भएको यो वर्षको दोस्रो विशाल प्रदर्शन हो ।

शुक्रबार (हिजो) भएको उक्त प्रदर्शनमा प्रदर्शनकारीहरुले माल्दिभ्सबाट बिनाशर्त तत्काल भारतीय सेना हटाउन माग गरेका छन् । त्यस्तै उनीहरूले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, रक्षामन्त्री मारिया दीदी र विदेशमन्त्री अब्दुल्ला शाहिद एसीको राजीनामा समेत माग गरेका छन् ।

विपक्षी गठबन्धनले आयोजना गर्दै आएको ‘माल्दिभ्सको रक्षा’ अभियानअन्तर्गत पछिल्लो प्रदर्शन भएको बताइएको छ । शुक्रबार (हिजो)को प्रदर्शनमा विपक्षी गठबन्धनका सबैजसो नेतृत्व, माल्दिभ्स क्रान्तिकारी आन्दोलनका सदस्यहरू र सेवानिवृत्त वरिष्ठ सैन्य र प्रहरी अधिकारीहरूको उपस्थितिलाई विशेष अर्थपूर्ण ठानिएको छ ।

यो पनि –जैविक मलको गुणस्तरलाई लिएर चीन र श्रीलङ्काबीच विवाद बढ्दै गएको छ ।हिप्पो स्पिरिट नाम गरेको एक विशाल चिनियाँ पानीजहाज गएको सेप्टेम्बरमा २० हजार टन जैविक मल बोकेर श्रीलङ्का पुगेको थियो ।तर श्रीलङ्का सरकारले अर्डर गरेभन्दा न्यून गुणस्तरको मल पठाएको भन्दै अस्वीकार गरेपछि विवाद बढेको हो ।

खेतीबालीमा नोक्सानी पुर्याउने मल पठाएको भन्दै श्रीलङ्काका किसान र कृषि वैज्ञानिकले विरोध गर्दै मल अस्वीकार गर्न दबाब दिएका छन् ।श्रीलङ्काले चीनको किंग्दाओ कम्पनीबाट ४९ दशमलव सात मिलियन डलरमा ९९ हजार टन जैविक मल खरिदको सम्झौता गरेको थियो, तर पहिलो खेपमै गलत र न्यून गुणस्तरको मल पठाएको भन्दै श्रीलङ्काले स्वीकार गरेको छैन ।

श्रीलङ्काको कृषि विभागका महानिर्देशक अजंथा डि सिल्भाले चीनले पठाएको मलको नमुना जाँच गर्दा बालीलाई हानी गर्ने प्रमाण भेटिएको बताएका बीबीसीले जनाएको छ ।श्रीलङ्काको एक अदालतले पनि चिनियाँ मलबापतको रकम नर्तिन आदेश दिएको छ ।तर यसको जवाफमा श्रीलङ्कामा रहेको चिनियाँ दूतावासले बैंकलाई नै कालोसूचीमा राखेको छ ।

चिनियाँ कम्पनीले पनि अर्डर अनुसारकै मल पठाइएको दाबी गर्दै उल्टै आठ मिलियन डलरको क्षतिपूर्ति मागेको खबरमा उल्लेख छ ।सेप्टेम्बरमा हम्बनटोटा बन्दरगाहमा पुगेको जहाजबाट मल झार्न अनुमति नदिएपछि चिनियाँ कम्पनीले जहाज दक्षिण पश्चिमी तटमा पार्किङ गरेर राखेको छ । श्रीलङ्काले देशमा रासायनिक मलको आयातमा प्रतिबन्ध लगाउँदै जैविक मलको मात्रै प्रयोग गर्ने घोषणा गरेको छ ।