Monday, August 15

१० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो

July 6, 2022

काठमाडौं । १० कक्षा उत्तीर्ण गरेकी एक महिलाले गरेको चमत्कारलाई लिएर दुनियाँ हैरान भएको छ ।

भारत, उत्तर प्रदेश (युपी) को कन्नौजमा बस्ने १० कक्षा उत्तीर्ण गरेकी एक महिलाले आफ्नो खेतमा पानी जम्ने समस्या यसरी सामना गरिन् कि अहिले सबैले तारिफ गरिरहेका छन् । विपद्लाई अवसरमा परिणत गर्दै उनले खेतलाई नै सानो टापु बनाइन् ।

आजतकको रिपोर्ट अनुसार कन्नौजको तिरवा तहसीलको बुथैयान गाउँकी किरण कुमारी राजपूतको उमर्दा ब्लकको गुंडाहा गाउँमा २३ बिघा जमिन छ । उनको खेत पानीले भरिएको थियो ।जसकारण खेतीपाती पनि राम्ररी हुन सकेको थिएन् । त्यसपछि उनले खेतको जलमग्न भागलाई पोखरीमा परिणत गर्ने निर्णय गरिन् ।

किरणले सन् २०१६ मा प्रशासनबाट जल फ्लोन योजना अन्तर्गत भारु २ लाख रुपैयाँ लिएकी थिइन् ।

केही जम्मा पुँजी र केही ऋण लिएर माछापालन सुरु गरिन् । २३ बिघा जग्गामा पोखरीको काम सुरु गर्न ११ लाख खर्च भयो ।

सुरुमा नाफा कम थियो । त्यसपछि पोखरीको बीचमा एक बिघाको टापु बनाइयो । उनले आँप, अम्बा, केरा, काउली, मेवा, सितलचिनी र फूल लगाएर बगैँचा बनाएकी छिन् । अहिले यो टापु आकर्षणको केन्द्र बनेको छ । मानिसहरू घुम्न र डुङ्गा शैयर गर्न आउँछन्।

किरणको अस्वस्थताका कारण अहिले उक्त टापुमा उनले छोरा शैलेन्द्रलाई खटाएकी छिन् । पोखरीमा बध, नैन, चिनियाँ माछा, ग्रास कटर र सिल्भर माछा पाइन्छन् । अहिले उनीहरूले माछा पालन र फलफूल बेचेर वार्षिक भारु २० देखि २५ लाखसम्म आम्दानी गरिरहेका छन् ।

टापु हेर्न टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् । यो सबैका लागि आकर्षणको मुख्य बिन्दु बनेको छ । गुगलले पनि उनको कामको प्रशंसा गर्दै सम्मान पत्र जारी गरेको छ ।

शैलेन्द्रका अनुसार गुगलले उनलाई एक वर्षअघि सर्टिफिकेट दिएको थियो । उनको टापुको प्रशंसा गर्दै गुगलले फोटो अपलोड गरेको थियो । सोच हुने व्यक्तिले विद्यालयको उच्च शिक्षा नलिए पनि हरेक क्षेत्रमा चमत्कार गर्न सक्छ भन्ने पछिल्लो उदाहारण किरण बनेकी छिन् ।

Comment