
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) दरबारमार्ग पुगेका छन् । महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ ।
सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो ।
त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।
दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।उता काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।
महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भने,’हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं । ‘
महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।
बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको सरचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताएका थिए । उनैले अदालतको भवनको नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिएका थिए ।
महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो ।
भवन विभाग प्रमुख श्रेष्ठले भने,’ अदालतको नक्सा पास भएको हामीले प्रमाण भेटेनौं । हामीले पत्र काटेर त्यसको जानकारी दिन भनेका छौं । यदि छैन भने कानुनी प्रक्रिया अगाडि बढाउँछौं । ‘